Friday, August 8, 2014

कविता

रक्सी र आदिवासी
कसले पिएको छैन रक्सी यहाँ ?
जनै धारीदेखि सनाही धारीसम्म
दरवारदेखि फुटपाथसम्म
पुजारीदेखि भुजारीसम्म
पण्डितदेखि यजमानसम्म
र,
लुकेर प्यूँनेदेखि फुकेर प्यूँनेसम्म
तर पनि ए आदिवासी !
किन तिम्रो नाम मात्र जोडिन्छ हँ रक्सीसँग ?

No comments:

Post a Comment