Thursday, November 20, 2014

गजल

मान्छे भएर पनि मानिसको, यो जात नसोधे हुन्थ्यो
फिँजाई धन दौलतको दृष्टि, औकात नसोधे हुन्थ्यो

शरद प्रीय ऋतुराग मेरो, वसन्त हृदयवासिनी
श्री र सिर्जना बिखण्डित कालो, बर्षात नसोधे हुन्थ्यो
...
आखिर बाँच्नु छ एक जिन्दगी, म किन खुसी यो नबाँडौं ?
होलान् कतै–कतै अन्तरमा ती, आघात नसोधे हुन्थ्यो

जीवन कलकलाउँदो बृक्ष, हुर्काए फुल्ने छ वासन्ती
ब्यर्थै त्यो आसङ्का गरेर फेरि, पात नसोधे हुन्थ्यो

पीडा चपाएर ज्यूनेहरुमा, म पनि त पक्कै पर्छु नै
 बल्लतल्ल भुल्न–भुल्न थालेको, ती बात नसोधे हुन्थ्यो

गजलको नशा–नशामा डुबेको, अहो ! यो नारथुङेलाई
मोहिनी सुरा अनि सुन्दरीको, त्यो मात नसोधे हुन्थ्यो ।

No comments:

Post a Comment