Tuesday, October 14, 2014

पोखरा सर्जक र सिर्जना


Indra Narthunge
"मेरै हिमाल जस्तो हेरी रहुँ पोखरा …"
कवि तिर्थ श्रेष्ठका यी गीतिहरफले नछुने कुन मान्छे होला र ? जो पोखरेली होस् वा पोखरालाई एक पटक साक्षात्कार गरेको नेपाली या विदेशी नै । हिमाल र पोखरा अनि पोखरा र फेवाताल, जोसँग मन कतिखेर साटिन्छ कसैलाई थाहा हुन्न । फेवाको कन्चन जलरासीमा कुमारी माछापुछ्रेको स्निग्ध प्रतिविम्ब पौडिरहेको जब कसैको नजरमा पर्छ ऊ बेखवर बन्छ आफैसँग । यो दृश्य नियाल्न नसकेरै सर्मले सेती लुकेकिछिन् र पातले छाँगो हराएको छ पाताल भित्रै ।
भावनामा बग्नेहरुको लागि पोखरा आफैमा एउटा कविता हो । सेताम्य चाँदी छरेर ङिच्च हाँसिरहेका हिमचुचुराहरुमा सूर्यले लालिमा जव पोत्न थाल्छ तिनीहरु एकाएक फेरिन्छन् सुनौला ढिक्काहरुमा । र, बादलुको हल्का पर्दाले शिर छोप्न खोज्दा विवहाको मण्डपमा बेहुलासँगै बसिरहेकी नव वधुको प्रतिक बन्छ त्यहाँ । नव बधुको पाउ पखाल्दै ओह्रालो भागिरहेकी सेती, पोखराको सिमाना छोएपछि सुस्तरी बजाउन थाल्छिन् आफ्नो नुपूर छन्…छन्…छङ्…छङ्……
हो प्रकृतिका यही सुन्दर बान्कीहरुलाई नियाल्दै धेरै पोखरेलीहरु राष्ट्रको नाक थाम्न सफल भएका छन् । साहित्य, संगित कला र संस्कृतिमा पोखरा र पोखरेलीहरुको स्थान अग्रणी छ । जसरी पोखराको चर्चा सर्वत्र छ, पोखरेली सर्जकहरुको योगदानले पोखरालाई उसैगरी चर्चित बनाएको छ । पोखरा कवितामा लेखिएको छ, गीतमा गाइएको छ कथा र उपन्यासहरुमा छरपष्ट हुँदै चित्रहरुमा सजाईएको छ । हिजो कवि शिरोमणी लेखनाथ पौडेलले नेपाली साहित्यको एउटा युगलाई पोखराबाटै बोके पोखराको घामपानीलाई नियालेर ऋतु बिचारुहरु लेखे । जनकवी केशरी धर्मराज थापा र लोककवी अली मियाँहरु पोखरेली माटोमा जन्मे, रोधी घर धाउँदा-धाउँदै गीत र साहित्यमा रसम भिजाए । पोखरा आसपासकै हरियो डाँडामा हलो जोत्नेहरुलाई देखेर धर्मराजले "हो हो तारे हो हो... हो हो माले हो हो…" भन्दै नेपाली साहित्य र संगितलाई सिमाना पार गराए । जोमसोमबाट पोखरा नझरेका हुन्थे भने स्वर्गिय भूपि शेरचनको कविताहरुले पाठकहरुको मन छुँदैन थियो होला । नारायण गोपाल र पेमाला गुरुवाचार्य विवहा पछि पोखरामा लुक्न नपुगेका हुन्थे भने भूपिको शब्दमा स्वर सम्राटले "अल्झेछ क्यारे पछ्यौरी तिम्रो…" गाउन पाउँथेकी पाउँथेनन् यसै भन्न सकिन्न । पहिलो पुस्ताका कवि शिरोमणी दोश्रो पुस्तका जनकवि केशरी, लोक कवि र भूपि मात्र होईनन् दोश्रो पुस्ताको पाईला खप्ट्उयाउँदै आएका कवि कुलवहादुर केसी कवि एवं समालोचक डा. रविलाल अधिकारी, डा. गेहेन्द्रमान उदास 'पोखरेली' र तेज ढकालहरु पोखराबाटै प्रगतिशिल साहित्यलाई मलजल पुर्याई रहेका छन् ।
पोखराले जन्माएका सरुभक्त पोखरामै बसेर 'पागल बस्ती' लेख्छन् र मदन पुरस्कार हात पार्छन् । कवि तिर्थ श्रेष्ठ र रमेश श्रेष्ठ मात्र होईन गीतकार गजलकार एवं कवि प्रकटपगेनी शिवको सिर्जना थलो पोखरा बन्दै आएको छ । कवि एवं गितकार विनोद गौचन कवि विष्णु अल्पविराम र सूर्य खड्का 'विखर्ची' हरु फेवानगरीका सिर्जना हुन् र त्यही बसेर साहित्य सिर्जनामा सकि्रय छन् । सरुभक्तको छत्रछाँयामा हुर्कन्दै आएको पोखरेली नाट्य लेखनमा अनुप बराल, कृष्ण उदासी र घनश्याम लामिछाने 'दुखी'हरुले मलजल पुर्याउँदै आएका छन् । 'उदासी' नाट्य विधामा मात्र सकि्रय छैनन् उनी सफल कवि पनि हुन् र उपन्यास समेत लेख्न भ्याएका छन् । त्यसो त घनस्याम लामिछाने 'दुखी'का कलमबाट थुप्रै गीतहरु जन्मेका छन् । र, उनकै कथामा केही भिडियो फिल्म समेत निमार्ण भएको छ । कवि लक्ष्मण थापा, धनप्रसाद तामाङ, रोशन शेरचन, स्ट्रगल राना र ईश्वरमणी अधिकारीहरु पोखराले जन्माएका सर्जकहरु हुन् । लोकदोहोरी गायनको क्षेत्रमा हरिदेवी कोईरालाको नाम नसुन्ने कमै मान्छेहरु होलान् तर हरिदेवी कवयत्री हुन् भनेर थाहा पाउनेचाँहि कमै छन् । पोखरेली माटोमा मिसिएको साहित्यिक सुगन्धले हरिदेवीलाई पनि नछोईरहन सकेन । "न घाम झर्यो न जून झर्यो" कविता संग्रहमा हरिदेवी कवयत्रीको रुपमा जन्मिएकी छिन् । पोखरामा कुनै समय उषा शेरचन एक्लैले महिला कवयत्रीहरुको सिङ्गो प्रतिनिधित्व गरेकी थिईन् साहित्य लेखनमा । तर अव त्यो अवस्था छैन सरस्वती प्रतिक्षा र सुस्मा पौडेलहरुको नाम विस्तारै पोखरेली सर्जकहरुको बिचमा स्थापित हुँदै गईरहेको छ । गजल साहित्य पनि पोखरामा उसैगरी फस्टाएको छ । दिलिप दोषीहरु गजलकै लागि मरिमेटेर लागेका छन् । अनुराग अधिकारीको गजल संग्रह पनि पोखरेली माटोकै सिर्जना हो ।
पोखराभन्दा बाहिर जन्मेर पोखरेली माटोमा कर्म रोपिरहेका आरजु विष्ट 'सल्यानी' लाई पोखराले नै गीतकार र गजलकारको रुपमा चिनाएको छ । त्यसो त उपन्यासकार नरु थापाले आफ्नो पछिल्लो ऐतिहासिक उपन्यास 'पृथ्वी नारायण' को अधिकाँश भाग पोखरामै बसेर लेखिभ्याएका हुन् । पत्रकार अमृत भादगाउँले ले आफ्ना दुई कृतिहरु "पोखरेली नवरत्न" र "असल गुरु" को लेखनआधार पोखरालाई नै बनाए । भादगाउँलेले आफ्नो पहिलो कृतिमा पोखरा उपमहानगरपालीकाबाट "पोखरेली नवरत्न सम्मान" पाएका नौ जना साधकहरुको जीवन चित्र उतारेका छन् भने "असल गुरु" शिक्षासेवी जोर्ज जोनको जिवनी हो ।
कवि शिरोमणी लेखनाथ पौडेललाई नेपाली बाङ्मयमा छन्द शिरोमणीको रुपमा पनि चिनिन्छ । नेपाली कविताले उत्तरआधुनिक युगमा फड्को मारेको धेरै भईसक्यो । तरपनि कवि शिरोमणीको विरासत थाम्न माधव वियोगीहरु उतिकै सकि्रय छन् पोखरामा । पोखरालाई नेतृत्व प्रदान गर्न निर्वाचित भएका पूर्व मेयर कृष्ण थापाको कलम पनि गीत लेखनमा होमियो । त्यसैले त सबै पोखरेलीहरुलाई आह्वान गर्दै उनले गीत रचना गरे "श्रम सीप जुटाऔं पोखरालाई उठाऔं...." पोखरामा बस्दा बस्दै जन्म थलोको सम्झनामा वसन्ती लालचनको पनि हात चलेको छ । पोखराको सिधै उत्तरपट्टी पर्खाल बनेर उभिएको माछापुछ्रे छिचोलेर उनको नजर मार्फामा पुग्छ र शब्दहरुमा समेटिन्छ "क्या राम्रो स्याउ बारी मार्फा गाँवैमा……"
पोखरेली सर्जकहरु लेखनमा मात्र होईन लेखनलाई गति दिन साँगठानिक दृष्टिले पनि अग्र स्थानमा छन् । तीसको दशकमा भक्त श्रेष्ठ सरुभक्त नभै उनकै अगुवाईमा टिकटमा मुक्तक बाचन कार्यक्रमले अधिराज्यभर चर्चा पाएको थियो । मुक्तक सुनाउन राजधानी लगायत देशको विभिन्न स्थानबाट सर्जकहरुको ओईरो लाग्थ्यो पोखरामा । मुक्तक सुन्न टिकटको खोसामारी चल्थ्यो । त्यही पोखरेली सर्जक सरुभक्त अहिले "संरक्षण कविता आन्दोलन" लिएर गाउँगाउँ चाहार्दै छन् । नेपाली साहित्यको ईतिहासमा पहिलो पल्ट संरक्षण कविता आन्दोलनले अन्नपूर्ण वेसक्याम्प सम्मको यात्रा पार गरेको छ । सरुभक्त मात्र होईनन् कवि तिर्थ श्रेष्ठहरु पनि "अक्षर यात्रा" मा सर्जकहरुलाई लिएर नविन साहित्यको खोजी गर्दैछन् । पोखरा आसपासका रमणीय स्थानहरुको साहित्यिक भ्रमणगरी यथास्थानमा साहित्यको सिर्जना गरेर बाचन पनि गर्ने यो नविन शैलीले सर्जकहरुमा नविनताको खोज गर्न उत्प्रेरित गरेको छ । धनप्रसाद तामाङ र स्ट्रगल रानाको "असार र सिर्जना" ले दशौं शृङ्गखलाहरु छिचोली सकेको छ । दिलिप दोषीहरुको "गजल सन्ध्या" र पोखरेली युवा साँस्कृतिक परिवारको "साहित्य सन्ध्या" ले नयाँ-नयाँ सर्जकहरु जन्माउने र सिकारुहरुको कमल तिखार्ने काम गरिरहेको छ । यो यात्रामा लक्ष्मण थापाहरु पनि सामेल छन् । थापाको अगुवाईमा छोरेपाटन उच्च मावीको प्राङ्गणमा धेरै साहित्य शृङ्गखलाहरु सम्पन्न भईसकेका छन् । "छन्द बचाउ अभियान" का एक्लो बृहस्पती माधव वियोगी पनि छन्दमा कविता लेख्न प्रशिक्षण नै सन्चालन गर्दै हिडिरहेका छन् । नेपालकै सबैभन्दा धेरै विध्यार्थीहरु अध्ययन गर्ने थलो पृथ्वीनारायण क्याम्पस आफैमा साहित्य घरझैं बनेर उभिएको छ । जहाँ अग्रज साहित्यकारहरु प्राध्यापन पेशामा संलग्न छन् र विध्यार्थीहरुलाई साहित्य सिर्जनामा तान्न हरसम्भव प्रयास गरिरहेका छन् । नेपाली साहित्य विषय लिएर अध्ययन गर्ने विध्यार्थीहरुको अगुवाईमा साहित्यिक संस्थानै स्थापना भएको छ क्याम्पस भित्र । स्वतन्त्र विध्यार्थी युनियन मात्र होईन िसंगो क्याम्पसनै साहित्यको उत्थानमा सकि्रय छ । हरेक असार २९ गते आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तिको विशेष कार्यक्रम क्याम्पसमा हुने प्रमुख साहित्यिक कार्यक्रममा पर्दछ । जुन कार्यक्रममा नेपालका विशिष्ठ साहित्यकारहरुको उपस्थिती हुने गर्दछ । संस्थागत रुपमा हेर्ने हो भने कवि तिर्थ श्रेष्ठहरुको अगुवाईमा स्थापना भएको र हाल उनीहरुकै रेखदेखमा सन्चालन हुँदै आएको पोखरेली युवा सांस्कृतिक परिवारको नाम अग्रणी स्थानमा छ । बेलाबेलामा हुने प्रभातफेरी देखि बरिष्ठ साहित्यकारहरुको अभिनन्दनको नेतृत्व पोखरेली युवा सांस्कृतिक परिवारले गर्दै आएको छ । अर्कोतिर साचारको सन्जाल फैलने क्रममा पोखरामा स्थापना भएका एफ.एम.हरुले पनि साहित्य र सर्जक दुवैलाई प्राथमिकता दिदै आएका छन् । माछापुछ्रे एफ.एम.ले आफ्नो बार्षिक उत्सवमा कविता प्रतियोगिता सन्चालन गर्नु र रेडियो अन्नपूर्णले लोककवि अलिमियाँको अभिनन्दन एवं अलिमियाँको नाममा कोष खडा गर्ने अभियान सन्चालन गर्नु दुवै साहित्य प्रतिको झुकावकै उपज हुन् । त्यसो त पोखराले साहित्यकार र साहित्यिक संस्था जन्माउन मात्र होईन पोखरा बाहिरका सर्जकहरुलाई सम्मान दर्शाउन पनि जानेको छ । राष्ट्रकवि माधव घिमिरेको पोखराको अभिनन्दनको कुरो खोतले मात्र काफी हुन्छ । हजारौं पोखरेलीहरुले सहभागिता जनाएको सो रथयात्रा पोखराको ईतिहासमै नबिर्सने क्षणको रुपमा अंकित भएको छ ।
पोखरा-पानी जमेको तलाउ वा पोखरी । पानी-सर्जकहरुको कलममा घुलिएको मसी । त्यही मसी सर्जकहरुको कलमको निब भएर पोखिन्दा पोखरा-पोखरा भएको छ । जसरी पोखराको सौन्दर्य उत्तरतिर चुलिएका हिमचुलीहरुमा खुल्छ त्यसैगरी निबबाट बगेको पानीमा खुल्ने गर्छ । पोखराले नै जन्मायो कवि शिरोमणी, जनकवि केशरी र लोक कविहरु पोखराले नै हुर्काई रहेको छ पागल बस्ती र सरुभक्तहरुलाई । फेवा, बेगनास र रुपामा जबसम्म पानी जमिरहन्छ तबसम्म पोखरेली सर्जकहरुले समातेको कलम भएर सिर्जनाहरु जन्मिरहने छन् । कुमारी माछापुछ्रे साक्षी छ भोली सयौं कवि शिरोमणी र सरुभक्तहरुको जन्म र कर्म थलो पोखरा बन्ने छ ।
काब्यकुन्ज पोखरा तिम्रै सम्मानमा यी शब्दहरु अर्पण गर्दछु । अस्तु
हालः मलेसिया

Thursday, September 25, 2014

bz}+ / ltxf/ ;DaGwdf



bz}+ / ltxf/ ;DaGwdf
OGb| gf/y'ª]
!_ …bz}+Ú—36:yfkgfb]lv qmf]hfut k"l0f{df;Dd ul/g] ;Dk"0f{ sfo{x?sf] ;di6L ?k xf] t/ …ljhofbzdLÚ—bzdLsf] lbg 6Lsf u|x0f ug]{ sfo{nfO{ dfq hgfpF5 . To;}n] ;du| bz}+sf] 7fpFdf ljhofbzdL dfq eGg' bz}+sf] dxTjnfO{ ;fF3'/f] kfg'{ xf] .
@_ …ltxf/Ú—sfu ltxf/b]lv efO{ ltxf/;Dd cyf{t kfFr lbg;Dd ul/g] ;Dk"0f{ sfo{x?sf] ;dli6 ?k xf] t/ lbkfjnLn]—ufO{ ltxf/sf] ;fFem bLk k|HHjng u/]/ nIdLsf] k"hf ug'{nfO{ dfq hgfpF5 . To;}n] ltxf/sf] 7fpFdf lbkfjnL dfq eGg' ltxf/sf] dxTjnfO{ ;fF3'/f] kfg'{ xf] .
#_ bz}+ / ltxf/nfO{ wfld{s /ª\uaf6 d'Qm ul/g' k5{ . cGw ljZjf;nfO{ sfvLdf Rofk]/ afFr]sf ;+:s[ltx? sfnfGtf/df uP/ ktgs} ljGb'df k'Ug] xf] . ljz'4 ;fdflhs ;b\efjsf] ?kdf bz} / ltxf/nfO{ lng] xf] eg] s;}n] l:jsf/ / alx:sf/ elg/xg} kb}{g .  
$_ bz}+ / ltxf/nfO{ dfq /fli6«o rf8 elgg' ;f/f;/ ;fDk|bfoLs ljrf/nfO{ a9fjf lbg' xf] . ls /fli6«o eGg] zAb g]kfnsf ;a} hflt / ;a} ;fF:s[lts ;d"xx?n] dfGg] kj{nfO{ klg ydfO{of];\ gq bz}+ / ltxf/sf] cufl8 hf]l8g] /fli6«o zAb x6fpg' /fd|f] . olb c? kj{ c/fli6«o / bz}+ / ltxf/ dfq /fli6«o x'G5 eg], bz}+ / ltxf/n] cfk;L ;b\efjdf cem b/f/ pTkGg ug]{ lglZrt 5 .
%_ bz}+ / ltxf/df lbO{g] nfdf] ;/sf/L ljbfdf s6f}tL x'g'k5{ . bz}+nfO{ a9Ldf # lbg / ltxf/nfO{ a9Ldf @ lbg;Dd dfq ljbf lbg' pko'Qm x'G5 . nfdf] labfn] ljs[lt a9fpg] dfq xf]Og rf8–kj{ k|lt ljt[i0ff a9fpF5 . csf{lt/ ax'hftLo, ax'eflifs, ax';fF:s[lt, ax'wfld{s b]zdf s'g} Ps ;fF:s[lts ;d"xsf] kj{nfO{ dfq nfdf] ljbf lbg] rngn] csf]{ ;d'bfosf] lj/f]w rls{/xG5 . xfdL ;du| zflGtsf] kIfw/ xf}+ eg] c?sf] efjgfnfO{ ;d]t sb/ ug'{ k5{ .
^_ bz}df lbO{g] yk ;/sf/L ;]jf ;'ljwf -af]g;_ aGb ul/g' k5{ . pQm ;]jf ;'ljwf cGo d'n'sx?df em}+ gofF jif{df lbg' 7Ls x'G5 . s;}sf] kj{df af]g; afF8\g' / s;}sf] kj{df ljbf g} glbg' h:tf] /fHosf] lje]bsf/L gLltn] g} oxfF bz}+ :jLsf/ / alx:sf/sf] s'/f] p7]sf] xf] . olt s'/f]nfO{ klg ;/sf/n] ljrf/ k'of{pg ;Sb}g eg] cfufdL lbgdf bz}+ lj/f]wL :j/x? emg\ a9]/ hfg] 5g\ .
&_ bz}+ / ltxf/ s'g} Ps ;f+:s[lts ;d"xsf] dfq ljz'4 kj{ xf]Og . ljleGg sfnv08df ljleGg hflt / ;fF:s[lts ;d"xsf] ;+ld>0fn] bz}+ / ltxf/ kj{sf] clxn]sf] ?k ag]sf] 5 . bz}+ / ltxf/nfO{ lxGb'x?sf] dfq kj{ xf] elgg] xf] eg] bz}+— b'uf{k"hf / ltxf/—lbkfjnL dfq xf] . bz}+sf] 6Lsf] / ltxf/sf] ;okqL km"nsf] dfnf ;d]t klg lxGb'x?sf] xf]Og -o;nfO{ ulDe/ cWoog ul/of];\_ . 36:yfkgfsf] hd/f / ltxf/sf] b]pzL—e}nL t lxGb' ;+:s[lteGbf w]/} k/sf] s'/f] xf] . o;y{ ;+:s[ltsf] ljZn]if0f ubf{ ;a} sf]0faf6 / j}1flgs b[li6af6 ul/g' k5{ . cGwljZjf;sf] e/df b]jL–bfgjsf] syf / od'gf–od/fhsf] syfn] kj{x?nfO{ 3[0ff ug{ nfosdfq agfpF5 .
*_ bz}+ alx:sf/ s;}af6 ePsf] 5}g . bz}+nfO{ g} alx:sf/ ug]{ xf] eg] t sd{rf/L jf alx:sf/jfbL ;d"xn] ;/sf/L labf lng' ePg, 3/ lnkkf]t ug'{ ePg, df5f–df;' vfg' ePg, g/gftfdf e]63f6 ug'{ ePg, lkª v]Ng' ePg . alx:sf/ ljhofbzdLsf] xf] cyf{t lgwf/df /ftf] 6Lsf] nfpg] rngsf] alx:sf/ ul/Psf] xf] . /, bz}+nfO{ 7"nf] kj{ eg]/ c? ;d'bfosf kj{x?nfO{ ;fgf] agfpg' x'Fb}g eGg] dfu ;/sf/ ;dIf /fv]sf] xf] .
(_ d]/f] ufpFdf d]/f] ;d'bfon] 6Lsf] nfpg 5f]8]sf] @)%! ;fnb]lv xf] . @)%! ;fnb]lv d}n] klg 3/df 6Lsf] nfPsf] 5}g . t/ 5/l5d]sdf lxGb' ;Dk|bfosf s;}n] 6Lsf] nufpg cg'/f]w ubf{ d}n] x'Gg eg]sf] 5}g . /, ;fs]nfdf d]/f] ;d'bfon] gfRg] l;nL gfr gfRg lxGb' ;Dk|bfosf dflg;x? klg lg;+sf]r cfpF5g\ / gfR5g\ . 3[0ffn] ;d:ofsf] ;dfwfg x'Fb}g, ;dfgtf g} To:tf] lrh xf] h;n] k/:k/sf] j}dgZotfx? x6fP/ bL3{sflng zflGtsf] af6f]df xfdLnfO{ k'of{pF5 . ctM rf8–kj{x?nfO{ ;b\efjk"0f{ dgfO{g' k5{, 3[0ffefj /fv]/ xf]Og .
!)_ ;ª\3Lotf 5'l§gsf] nflu / s'g} Ps ;d'bfosf] pTyfgsf]  nflu dfq dfu ul/Psf] xf]Og . /fHo;Fu lgs6 /x]/ lhDd]jf/ gful/ssf] st{Ao lgjf{xsf] nflu ;ª\3Lotf rflxPsf] xf] . klxrfg—c?nfO{ bafP/ cfkm" dfly hfgsf] nflu dfluPsf] xf]Og g c? hflt–;d'bfo / pgLx?sf] ;+:sf/ ;+:s[ltnfO{ 3[0ff ug'{ g} . cfˆgf] df}lnstfnfO{ /fli6«o :t/df p7fpgsf] nflu klxrfgsf] cfjZostf k/]sf] xf] . of] a]nf cfk;df 3[0ffefj ;fFr]/ jt{dfgsf] ;d:of ;dfwfg x'g] xf]Og emg\ a9]/ hfg] 5 . To;}n] sDtLdf rf8–kj{x?nfO{ lj1fgsf] s;Ldf /fv]/ cGwljZjf;x? kmfNb} ;b\efjk"0f{ agfcf}+ . o;sf] nflu /fHo, gful/s ;dfh / ;~rf/ If]qn] dxTjk"0f{ e"ldsf lgjf{x ug{ ;S5 . ;a}nfO{ bz}sf] z'esfdgf .

Thursday, September 18, 2014

किरात, खम्बु वा राई बारे

घर झगडा सानै कारणबाट शुरु हुन्छ । समयमा यसले समाधान पाएन भने यस्तो झगडाले परिवारको भविश्यलाई नै ध्वस्त बनाउँछ । मैले अहिले यस्तै घर झगडा सानै कारणबाट शुरु हुन्छ । समयमा यसले समाधान पाएन भने यस्तो झगडाले परिवारको भविश्यलाई नै ध्वस्त बनाउँछ । मैले अहिले यस्तै देखिरहेको छु । कोही साथीहरु राई होइनौ, किरात हौं भन्दै हुनुहुन्छ । कोही किराती होइनौ खम्बु हौं भन्दै हुनुहुन्छ । खासगरि किरात राई यायोक्खाले ‘राई’ पहिलादेखि नै जात भएको तर्क प्रस्तुत गर्दै राई होइनौ भन्नेहरुलाई अस्विकार गर्दै आएको छ । खम्बु भन्न रुचाउनेहरुले किरातको दुई पन्ने इतिहास स्विकार गर्दैनौ भन्नु हुन्छ । यी धेरै वटा विवादको बीचमा अहिले मेरो समुदाय अल्झेको छ । पहिचान सहितको सङ्घीयताको पक्षमा एकजुट हुनु पर्ने बेलामा तल्लो तहमा झरेर आपसमै बाद–विवाद गर्दा त्यसले पहिचानको मुद्दालाई कम्जोर बनाई रहेको छ । यसबेला सबै विचारको बीचबाट समन्वय खोजिनु पर्छ । मैले प्राप्त गरेसम्मका केही तथ्य र आफ्नो केही बैयक्तिक विचारहरुलाई यहाँ राख्दैछु । सबै बुद्धिजिवी वर्ग तथा साथीहरुलाई स्वस्थ प्रतिक्रियाको आग्रह समेत गरिरहेको छु ।
जातको उत्पत्तिबारे
१) मानव भन्दा जात जेठो होइन, अर्थात हामीले मानवको रुप लिएको हजारौं वर्षपछि मात्र जातको सृष्टी भएको हो । त्यसैले प्रारम्भिक चरणमा हाम्रो कुनै जात थिएन ।
२) मानवको उत्पति स्थल र बसाइँ सराईले आकृति, रंग, बानी व्यवहार र सामाजिक क्रियाकलापमा प्रभाव पारेको छ । त्यसैले नै भाषा, संस्कृति, संस्कार अलग भएको हो ।
३) बसाइँ सराईद्वारा एक स्थानमा विकसित भएको झुण्ड र अर्को स्थानमा विकसित भएको झुण्डको भेटपछि आपसमा मेलसँगै बेमेल सुरु भएको छ । मेलले समिश्रण गराएको छ भने बेमेलले हत्या, हिंसा र युद्ध थोपरेको छ ।
४) विश्वमा हाल कायम रहेको कुनै पनि जाति सुद्ध छैनन्, अर्थात हालका सबै जातमा संमिश्रण भइसकेको छ ।
५) जातको उत्पत्ति दुई वा दुईभन्दा बढी स्थानमा विकसित भएको झुण्डहरु आपसमा भेटिए पछि भएको हो । जातको उत्पत्ति मेलबाट हैन बेमेलबाट शुरु भएको छ ।
६) जात अझै बन्ने क्रम जारि नै छ । र, यो निरन्तर जारी नै रहने छ ।
किरात, खम्बु वा राई बारे
१) हामीले बोल्दै आएका कुनै पनि भाषा परिवार (प्रचलित शब्दमा किरात भाषिक परिवार) मा ‘किरात’ शब्दको ठ्याक्कै अर्थ छैन । ध्वनीलाई ध्यान दिने हो भने हामीले बोल्दै आएका कुनै पनि भाषा परिवारको शब्दसँग ‘किरात’ शब्दले सामिप्यता राख्दैन । यस कारण ‘किरात’ शब्द अरु नै भाषा परिवारको शब्द हो भन्न अप्ठ्यारो मान्नु पर्दैन ।
२) किरातको इतिहास अपुरो छ, दुई पन्ने इतिहासले हाम्रो न्याय गर्दैन भन्नु मनासिव हो तर यसो भन्दैमा अरुबाटै थोपरिएको ‘किरात’ शब्दको प्राचिनतालाई भने नकार्न मिल्दैन । र, अरु नै समुदायको धार्मिक–साहित्यिक कृति आदिमा वर्णन गरिएको ‘किरात’ शब्दबाट लजाउनु, धकाउनु पर्ने पनि अवस्था छैन ।
३) खम्बू शब्दमा प्राचिनता खोज्नु न्याय संगत छैन । खम्बूको अर्थ खोज्दै जाने हो भने हामी ज्यादै साँघुरो घेरामा मात्र समेटिन्छौं । किरातको दुई पन्ने इतिहासले न्याय गर्दैन भनेर खम्बू हौं भन्नेहरुले खम्बूको त्यही दुई पन्ने इतिहास पनि उप्काउन सक्नु भएको छैन । बिना प्रमाण वा बिना इतिहास खम्बू भनेर एकोहोरो कुद्नु पनि समस्याको समाधान होइन ।
४) राई शब्दभन्दा चाम्लिङ, वान्तवा, कुलुङ, थुलुङ आदि थरगत नाम धेरै पुरानो हो । राई त हिजो–अस्ती भएका हौं । तर सयौं वर्ष अगाडिबाट हामी चाम्लिङ, कुलुङ, थुलुङ, वान्तवा आदि थियौं ।
५) राई जात होईन पगरी हो अर्थात राई पद हो भन्ने कुरा सत्य हो । वि.सं. २०४२ सालको जग्गा धनीपूर्जा वितरण र नापीले ‘राई’ पदको खारेजी गरेको छ । विशेषतः पृथ्वी नारायण शाहले माझ किरात विजय गरेपछि जग्गाको कर उठाउने जिम्मा दिएको ब्यक्तिलाई ‘राई’ पद दिएको हो ।
६) राई र राय पद अलग हो । राय पद धेरै पहिलादेखि प्रचलनमा ल्याईएको छ । र, राय पद किरातीहरु बाहेक अरु जाति र समुदायलाई पनि दिइएको छ (भारतमा पनि राय जात छ) । तर राई पद माझ किरातका किरातीहरुलाई मात्र दिइएको हो । सेनहरुले राय पदवी दिएका हुन्, गोर्खालीहरुले पूर्व विजय गर्दा राई शब्दको नामोनिसाना छैन । गोर्खालीहरुले पूर्व विजय गरेपछि मात्र राई शब्द प्रचलनमा आएको छ । यसर्थ राय शब्द अप्रभ्रंश हुँदै राई भएको हो भन्नु तर्क संगत छैन । तर राय र राई दुवै पद वा पगरी भएको हुनाले दुवैमा केही समानता भने पक्कै छ ।
७) वि.सं. २०४२ भन्दा अगाडि ‘राई’ ले आफूले जिम्मा पाएको चार किल्ला भित्र तिरो उठाएर सरकारलाई बुझाउने गर्दथ्यो । गाउँ घरको सामान्य झै–झगडा आदिमा राई कै रोहवरमा मिलापत्र हुन्थ्यो । यस वापत राईले आफ्ना जिम्मा भित्रकाहरुसँग केही लिन पाउँथे । ‘हरियो’ अर्थात ‘चिउरी’, ‘झरियो’ अर्थात ‘मरेको राँगा–भैंसी’ र ‘परियो’ अर्थात अरिंगाल राईलाई नसोधी कसैले चलाउन पाउँदैन थ्यो । राईलाई मौलो (राजाले मौलो गाड्थे) नभई सेउली गाड्ने अनुमति थियो । हरेक राईको घरमा सेउली अर्थात मेरी (एक प्रकारको रुख) रोपिएको हुन्थ्यो । आफ्नो सीमा भित्र राईले केही विजन (जग्गाको क्षेत्रफल) दिएर अरु ४ जनालाई राई बनाउन सक्थ्यो । जसलाई पगरी बाँध्नु वा राई बाँध्नु भनिन्थ्यो । राईको मातहतमा जेठाबुढा, करता, माथा लगायतका अन्य पदधारी सहयोगीहरु रहन्थे । पछि १६ आना जग्गा लिई नयाँ वस्ती राखेपछि किरात बाहेक क्षत्री–बाहुनलाई पनि तिरो उठाउन दिने व्यवस्था गरियो तर उनीहरुलाई राई नभनी जिम्मावाल भन्न थालियो । त्यसबेला राई बाहेक अन्य (किरात समुदाय भित्रका) लाई ‘ज्यमी’ अर्थात ‘जिमी’ भनिन्थ्यो । गाउँ घरमा पाईने पुरानो विजन दर्ता किताव वा मिलापत्र आदिमा हर्ने हो भने पहिला ज्यमी र पछि जिमी लेखिएको भेटिन्छ । यस कारण राई पद केही ब्यक्तिको लागि मात्र पहिला दिइएको हो । र, यसैमा यउटा तथ्य के पनि राखौं भने ब्रम्हाण–क्षत्रीको समेत पहिला कुनै थर लेखिन्दैन थ्यो, ब्रम्हाणलाई पाध्ये (उपाध्याय), झरेकोलाई जैसी, क्षत्री र सन्यासी मात्र लेखिएको पुरानो कागजपत्र गाउँ घरमा अझै प्रशस्त भेट्न सकिन्छ ।
८) हामीले अर्थात पहिला लिखतमा ज्यमी वा जिमी भएकाहरुले नागरिक्ता वितरण हुन थालेपछि मात्र राई जात पाएका हौं । सायद राईभन्दा सम्मानसमेत प्राप्त हुने हुँदा ज्यमी वा जिमी नलेखी राई लेख्न हामी मञ्जुर भयौं वा नागरिक्ता दिनेहरुले सिधैं जातको महलमा राई लेखिदिए ।
९) राई शब्द हेपिएर भनिएको वा तल पारिएर भनिएको शब्द होईन । किरात राज्यको अधिपत्य लिइसकेपछि त्यहाँ पुनः विद्रोह नहोस् भनेर शक्तिमा रहेका किरातीहरुलाई केही अधिकार दिई दिएको सम्मानित पदवी हो राई । यसकारण राई भनिनुमा लघुताभाष हुनु पर्ने अवस्था छैन ।
१०) माझ किरातमा रहेका चाम्लिङ, वान्तवा, कुलुङ, थुलुङ, पुमा, वाम्बुले, नाछिरिङ, मेवाहाङ, याम्फु, आठपरहे, बेलाहारे, दुमी, साम्पाङ, खालिङ, तिलुङ, जेरो आदि थरहरु हुन् जात होइन । हुनतः जम्मैको भाषा आ–आफ्नै भएको हुँदा सबै जातै पो होकी जस्तै लाग्न सक्छ तर संस्कार, संस्कृति, चाड–पर्व र भाषा भित्रकै समानतालाई हेर्दा यो थर हो जात होइन भन्ने प्रष्ट हुन्छ । भाषामा हुनु पर्ने तत्वको आधारमा हेर्दा माथि उल्लेखित थर भित्रको भाषालाई भाषिकामा राख्नु पर्ने सुझाव भाषा विद्हरुले दिंदै आएका छन् । अब कुलुङ अर्कै जात, थुलुङ अर्कै जात, चाम्लिङ अर्कै जात, वान्तवा अर्कैै जात भनेर हिड्यौं भने हामी पुरानै ठाउँमा फर्किने छौं, जहाँ एउटा गाउँ र अर्को गाउँमा आउ–जाउ बन्द हुनेछ, भेटिएमा काटमार हुने छ । हामी बीचमा भाषा अलग हुनुको कारण विगतमा हामी यस्तै गाउँ–गाउँ नमिलेरै भएको हो र हामीले हाम्रो राज्य त्यसरी नै गुमाएका हौं ।
१०) र, आज हामी राई जाति भएका छौं । यो पहिला पदवी अर्थात श्रेणी थियो भने आज जाति भएको छ । यसलाई हामी चाहेर पनि फाल्न सक्दैनौ । किनकी सरकारी लिखतदेखि बोली–ब्यवहार र देशदेखि विदेशसम्म हामी राई भइसकेका छौं । कसैकारणले राईको सट्टा अरु नै जात भन्यौ र लेख्यौं भने पनि कागज–पत्रले हामीलाई राई नै भन्ने छ ।
विवाद समाधानको बाटो
१) किरात शब्द हाम्रो भाषा परिवारको शब्द होइन भन्ने सत्य कुरा बोलौं–लेखौं, सुनौं–सुनाऔं । तर किरात शब्दमा अपमान बोध गर्नु पर्ने कुनै अवस्था नभएकोले अरुले नै राखिदिएको यही किरात नामलाई सबै किरातीहरुले ग्रहण गरौं । लिम्बू, राई, सुनुवार, याक्खा, सुरेल, जिरेल, हायू किरात समुदाय भित्रको शाखा अर्थात जात हो भन्ने कुरामा प्रष्ट हौं । खम्बु कि किरात ? यसमा अब कुनै विवाद छैन । किरात सम्प्रदाय हो, खम्बु (राई) किरात सम्प्रदायको एउटा समूह अर्थात जात ।
२) राई पहिला जात थिएन पदवी अर्थात पगरी थियो भन्ने वास्तविकतालाई आत्मसात गरौं र अब राई शब्दले जातको रुप ग्रहण गरिसकेको छ भन्ने यर्थाततालाई बुझौं ।
३) किरात राई यायोक्खाको संरचनालाई परिवर्तन गर्न सबै जुटौं । सर्वप्रथम भाषिक संस्थाहरुलाई बढी प्राथमिकता दिएर सक्षम र सक्रिय बनाऔं । र, यायोक्खाको केन्द्रीय समितिमा भाषिकसंस्थाहरुबाट मात्र निर्वाचित हुने व्यवस्था गरी यायोक्खालाई महासंघीय ढाँचामा लैजाउँ । तब मात्र चाम्लिङ र वान्तवाहरुको वर्चश्व तोडिएर यायोक्खा सबै थरि राईहरुको हुने छ ।
४) जातमा राईसँगै चाम्लिङ, वान्तवा, कुलुङ, थुलुङ, दुमी, खालिङ आदि अर्थात थर लेख्ने प्रचलनलाई प्राथमिकता दिऔं । ताकि नागरिक्तामा समेत (अब पछि बन्ने) ...............चाम्लिङ राई,...............कुलुङ राई आदि होस् । तब मात्र थरले सम्मान पाउँछ र राई भित्र थर हराएर अपमान बोध गरिरहेकाहरुले हामी अलग जात हौं भनी रहन पर्दैन ।
५) राज्य पुनः संरचना गर्दा नाम किरात वा खम्बुवान भन्ने विवादलाई समाधान खोजेर राज्यको ढाँचालाई स्वाशासित क्षेत्रहरुमा विभाजन गरि चाम्लिङ बसोवास बाहुल्य क्षेत्रलाई चाम्लिङ स्वशासित क्षेत्र, कुलुङ बाहुल्य रहेको क्षेत्रलाई कुलुङ स्वशासित क्षेत्र आदिको खाका कोरौं । तत्.. तत् ...स्वशासित क्षेत्रहरुमा सोही थरी राईको भाषालाई प्राथमिकता दिने नीति बनाऔं ।
र अन्त्यमा, हामी आपसी विवादमा यति तल झरिसकेका छौं कि, हाम्रो सबैभन्दा ठूलो सत्रु हामी आफै–आफै भएका छौं । कथं कदाचित हामीले चाहेको जस्तो सङ्घीय संरचनामा देश गयो भने सबैभन्दा बढि विवादित हाम्रै राज्य हुने निश्चित छ । त्यो विवादले प्राप्त उपलब्धिको रक्षा होईन विनास गर्ने छ । त्यसैले स्वस्थ बहस गरौं । बुझाईलाई आपसमा बसेर छलफलबाट एकाकार बनाऔं ।
राज्य हुने निश्चित छ । त्यो विवादले प्राप्त उपलब्धिको रक्षा होईन विनास गर्ने छ । त्यसैले स्वस्थ बहस गरौं । बुझाईलाई आपसमा बसेर छलफलबाट एकाकार बनाऔं ।

‘राई’ जात हो कि, होइन भन्ने बारे

आफूलाई कुलुङ मात्र हुँ भन्ने केही साथीहरुले हरेक दिन एकै प्रकारको स्टाटस फेसबुकमा प्रकाशित गर्दै किरात राई यायोक्खाको अस्थित्व माथि निरन्तर धावा बोलिरहनु भएको छ । उहाँहरुको आरोप छ, किरातहरुलाई राई बनाएर यायोक्खाले किरातीहरुको अस्थित्व समाप्त पारेको हो । उनीहरुको भित्री आसय बुझ्दा यस्तो लाग्छ, किरात राई यायोक्खालाई समाप्त नगरेसम्म समस्याको समाधान हुँदैन ।
राई पद हो कि जात हो भन्ने विषयमा मैले यस आगाडिनै तथ्य सहित स्टाटसमा प्रष्ट पारिसकेको छु । सायद यायोक्खा भित्रका केही साथीहरुले पनि मेरो विचारलाई स्वीकार गर्न नसक्नु भएको हुन सक्छ । कि, राई पदवी नै हो । राई र राय पदवी अगल–अलग समयमा अलग–अलग कामको लागि सिर्जना गरिएका पदवीहरु हुन् । तर हामीले नचाहेर पनि अहिले राई जात भइसकेको छ । र, राईको अस्थित्वलाई मेटाउन चाहेर पनि अब हामीले मेटाउन सक्दैनौं । त्यसैले राई अब पगरी नभई जात नै हो ।
कुलुङ साथीहरुको आरोप छ, किरात राई यायोक्खा गठन भएपछि किरातीहरुको अस्थित्वमा आघात पुगेको हो । किरात राई यायोक्खा निश्चिय पनि एक गैह्र सरकारी संस्था हो, यो सरकारको नियम–कानुन अनुसार चल्नु पर्छ । चाहेर पनि राजनीतिक मुद्दामा यायोक्खाले सामेल हुन मिल्दैन । तर पनि यायोक्खा विगत केही वर्षदेखि राजनीतिक वहसमा उत्रिएको छ । राजनीतिक आन्दोलनहरुमा यायोक्खाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । कि, राज्यको पुनः संरचनाको बहसमा यायोक्खा अरुभन्दा एक कदम अगाडि बढेर किरात स्वायत्त राज्यको खाकालाई नै वहसमा ल्याएको छ । किरात राई यायोक्खाले सम्पूर्ण किरात इलाका (वल्लो किरात, माझ किरात र पल्लो किरात) लाई किरात स्वायत्त राज्यको रुपमा प्रस्तावित गरेको छ । जसमा ४ वटा उप स्वायत्त राज्यहरु (लिम्बुवान, खम्बुवान, शेर्पा, कोइँच) र विभिन्न स्वायत्त क्षेत्रहरु (चाम्लिङ, वान्तवा, कुलुङ, थुलुङ, साम्पाङ, याक्खा, रोङ, वाम्बुले,.....आदि) को समेत प्रस्ताव गरेको छ । तर यो प्रस्तावलाई किरात याक्थुम चुम्लुङ लगायत लिम्बुवानमा सक्रिय राजनीति गरिरहेका पार्टीहरुले ठाडै अस्विकार गरेपछि यो प्रस्ताव धेरै बहसमा आउन सकेन । यायोक्खाको विभिन्न राष्ट्रिय सम्मेलन र भेलाहरुमा यसबारे थोरै तिनै बहस भइनै रहेका छन् र हरेक ठाउँमा स्वायत्त क्षेत्रको महत्वको बारेमा बहस हुन्छ नै । समग्र किरात राईहरुको भाषालाई बचाउनको लागि र आ–आफ्नो संस्कृति र बसोवास क्षेत्रको विकास गर्नको निम्ति स्वायत्त क्षेत्रमा गठन हुने निकायले महत्व पूर्ण भूमिका नखेलेसम्म एउटा यायोक्खा र भाषिक संगठनले केही गर्न सक्दैन ।
तर कुलुङ, थुलुङ, चाम्लिङ आदि छुट्टै जात हो भनेर दावा गर्ने साथीहरु किरात राईहरुको भाषा हराउँदै जानु, संस्कृति हराउँदै जानु र जातीय रुपमा पिछडिनुलाई यायोक्खाको दोष देख्छन् तर यायोक्खा लगायत यस संस्थासँग आवद्द भाषिक संस्थाहरुको सक्रियतामा विभिन्न थरी राईहरुको शब्दकोष, कक्षा पाँचसम्मको पाठ्यक्रम, मुन्धुम आदि प्रकाशन भएको, भाषा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिएको, विशेषतः उधौली पर्वलाई किरात चाडको रुपमा घोषणा गर्न सरकारलाई वाध्य पारेको आदि महत्वपूर्ण कार्यहरुलाई देख्दैनन् । किरात राई यायोक्खा एक गैह्र सरकारी संस्था भएर पनि यसले धेरै महत्वपूर्ण कामहरु गरेको छ । यायोक्खाले कुनै पनि भाषी किरात राईको विकासमा अवरोध पुर्याएको छैन, सहयोग नै पुर्याई रहेको छ । तर यसो भन्दैमा यायोक्खा पूर्ण रुपमा ठीक छ भनेर म भन्दिन । मेरो उदेश्य किरात मात्र हौं राई होइनौ भन्ने साथीहरुको विचारलाई पनि पूर्ण उपेक्षा गरेर यायोक्खालाई मात्रै ठीक देखाउनु होइन । दुवै तर्फका कम्जोरीहरुलाई औंल्याएर एक ठाउँमा उभ्याउने वातावरणको सिर्जना गर्नु हो ।
त्यसैले आफूलाई किराती मात्र हौं भन्ने साथीहरुलाई गम्भिर हुन आग्रह गर्छु । यदि चाम्लिङ, वान्तवा, कुलुङ वा अन्य भाषी किराती राईहरु अलग–अलग जात हुन् भन्ने यहाँहरुको ठम्याई हो भने जात हुनुको आधार प्रस्तुत गर्नु होस् । भाषा अलग भएर मात्र जात अगल हुँदैन । भारतीय ब्रम्हाणहरु हिन्दी बोल्छन्, नेपाली ब्रम्हाणहरु नेपाली, मदेशी ब्रम्हाणहरु मैथिली, अवधी, भोजपुरी बोल्छन् तर उनीहरु सबै ब्रम्हाण हुन् । हामीले बोल्ने भाषा फरक छ (आंशिक फरक) तर हामीले मान्ने संस्कार, संस्कृति, परंपरा, चाडपर्व, विश्वास र सामाजिक व्यवहार एउटै छ । न हामीमा छुवाछुत छ, न विवाहवारीमा रोक, अनि हामी कसरी फरक जातका भयौं ? साथीहरुले तथ्य सहित अलग जात भएको प्रमाणित गर्नु भएमा म तपाइँहरुसँग सहमत भई तपाईहरुको अभियानमा सामेल हुन तत्पर छु तर विना आधार अलग–अलग जात भएको दावा गर्दै हाम्रो एकतालाई ध्वस्त बनाउने षड्यन्त्र नगर्नु होस् । अल्पसंख्यकमा सूचिकृत भएपछि केही सुविधा पाउन सकिएला तर त्यो सुविधाले अल्पसंख्यक हुनुको पीडामा मल्हम लगाउन सक्दैन ।
किरात राई यायोक्खाको संरचनालाई बदल्नु पर्छ भनेर मैले बोल्दै र लेख्दै आएको छु । यायोक्खा गठनको प्रारम्भिक चरणदेखि नै वान्तवा र चाम्लिङहरु हावी हुँदै आएका छन् । चाम्लिङ र वान्तवाभन्दा अन्य भाषी राईहरु मूख्य नेतृत्वमा आउन सक्नु भएको छैन । त्यसैगरी यायोक्खा काठमाण्डौ र पूर्वका केही शहरमा मात्र बढी केन्द्रित छ । जहाँ किरात राईहरुको बाहुल्यता छ त्यहाँ यायोक्खाको उपस्थिती पातलो छ । मेरै खोटाङ जिल्लाको ७६ वटा गाविस मध्ये मुस्किलले डेढ देखि दुई दर्जन गाविसमा मात्र प्रारम्भिक समितिहरु बनेका छन् । भोजपुर, ओखलढुङ्गा, उदयपुर, सोलुखुम्बुका सदरमुकाम बाहेकका क्षेत्रहरुको हालत पनि उही छ । यायोक्खालाई गाउँ–गाउँ नपु¥याएसम्म यसको उदेश्य पूरा हुँदैन । त्यसैले यायोक्खाको केन्द्रीय कार्यालय सकभर किरातभूमिमा नै सार्नु पर्छ । यदि केन्द्रीय कार्यालय किरातभूमिमा सार्न नसकिए केन्द्रीय सम्पर्क कार्यालय किरात भूमिमा राखेर यायोक्खाको गतिविधिहरुलाई किरात राईहरुको पुख्र्यौली थलोमा केन्द्रित गर्नै पर्छ । साथै केन्द्रीय र जिल्ला समितिहरुको संरचना बदलेर महासङ्घीय ढाँचामा यायोक्खालाई पुनः संरचना गरिनु पर्छ । अध्यक्ष, उपाध्यक्षहरु र महासचिवमा फरक–फरक भाषी राईहरु रहने र केन्द्रीय समितिमा पनि भाषिक संस्थाहरुबाट मात्र केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कायम गरिनु पर्छ । राई शब्दमा विवाद नै हुन्छ भने हटाउन पछि पर्नु हुन्न तर भाषाको आधारमा अगल–अलग जात हौं भन्ने मान्यतालाई भने पूर्ण रुपमा रोक लगाइनु पर्छ ।
विगतमा राई पदवी थियो भन्ने सत्यलाई सबैले आत्मसात गर्दै अब हामीले नचाहेर पनि राई जात भइसकेको छ र अब हाम्रो अस्थित्व राई भित्रै कायम गरिनु पर्छ भन्ने कुरालाई सबैले बुझ्न आवश्यक छ । यदि हामीले पुरानै कुरालाई मात्र खोज्ने हो भने त किरात शब्द पनि हाम्रो होइन, हामी किरात पनि न हुन सक्छौं । अझ अगाडि जाने हो भने त मान्छे नभई बाँदर पो हुन्छौं त ? के हामीलाई आज हाम्रो परिचय “बाँदर’ स्विकार्य हुन सक्छ ? विषेश अवस्थामा कुनै कुराहरुलाई हामीले नचाहेर पनि स्विकार गर्नु पर्ने हुन्छ । हामीले जातको महलमा राई पाउनु पनि त्यस्तै हो । राई लेख्न न यायोक्खाले लगाएको हो, न यायोक्खा गठन गर्ने हाम्रा अग्रजहरुले । राई शब्दलाई फाल्ने हो भने हामीले कायम गरेको विरासतलाई समेत फाल्नु पर्ने हुन्छ । राईको विरासत नेपालमा मात्र होईन विश्वमा कायम भइसकेको छ । तर राईभन्दा अगाडि हामी चाम्लिङ, वान्तवा, कुलुङ, थुलुङ, साम्पाङ, खालिङ, लोहोरुङ, दुमी, कोयी, नाछिरिङ, तिलुङ, आठपहरे, याम्फू, वाम्बुले, पुमा, बेलहारे, जेरो आदि हौं । भाषिक पहिचानलाई बचाउनु हाम्रो कर्तब्य हो । यो कर्तब्यबाट कोही पनि नभागौं । तर अलग जातको बाहानामा फूटको राजनीति नगरौं यस्तो बेला फाइदा हामीलाई होइन अरुलाई नै हुन्छ ।
अन्त्यमा, फुटाउ र राज गरको नीतिले हामीलाई विगतमा कसरी पछाडि पारेको छ भन्ने एउटा उदाहरण यहाँ पेश गर्छु । २००७ सालको राजनीतिक परिवर्तनमा भोजपुर र खोटाङको यति ठूलो योगदान छ, कि भोजपुरे र खोटाङेहरु मुक्ति युद्घमा सामेल नभएका हुन्थे भने राणा शासन कुनै पनि अवस्थामा ढल्ने थिएन । भोजपुर र खोटाङको यो एकताले कुनै पनि बेला पञ्चायतलाई अप्ठ्यारोमा पार्न सक्थ्यो । यो कुरालाई राम्ररी बुझेका राजा महेन्द्रले भोजपुरलाई कोशी र खोटाङलाई सगरमाथा अञ्चलमा विभाजन गरेर हाम्रो सारा सम्बन्धहरु विच्छेद ग¥यो र हामीमा दुश्मनी रोपिदियो । अनि छिमेकी हाट–बजारहरुमा खोटाङे र भोजपुरे भन्दै आपसमा लड्दै–काटाकाट गर्दै हामी पञ्चायत कालभरि अल्मलिरह्यौं । यसको धङ्धङी अझै पनि मेटिएको छैन, कतिपय स्थानमा अझै पनि खोटाङे र भोजपुरेको बीच काटमार चल्छ । त्यसैगरि कथं भोली हामी सबै अलग–अलग जातमा दर्ज भयौं भने त्यो काटमारको अवस्था हामीमा पुनः दोहोरिने छ । त्यसबेला हामीले आफ्नो भाषिक अस्थित्व, जातीय अस्थित्व र किरात राज्यको अस्थित्वलाई कायम गर्न सकौंला ? सबैमा चेतना भया ।

फेरि पनि राई जात हो कि होइन भन्ने बारेमा


केही कुलुङ मात्र हौं भन्ने साथीहरुले दिएको प्रतिक्रियाहरु पढे पछि मलाई ती पुराना दिनहरुको याद आइरहेको छ । २०६० साल तिर म नेपाल आदिवासी जानजाति पत्रकार संघ काँस्कीको सचिव थिए, केन्द्रका अध्यक्ष हुनुहुन्थ्यो चन्द्रसिं कुलुङ । त्यसबेला संघको केन्द्रीय कार्यालय काठमाण्डौको पिपलबोटभन्दा अलिक मास्तिर थियो । त्यसबेला आदिवासी जनजाति महासंघले जनजाति सशक्तिकरण परियोजना (जेप) सञ्चालन गरिरहेको थियो । म काठमाण्डौ गएको बेला आदिवासी जनजाति पत्रकार संघको कार्यालयमा छिरे, कार्यालयमा चन्द्रसिं कुलुङ नै भेटिनु भो । केही बेरको साँगठानीक कुराकानी पछि उहाँले यहि प्रसंग निकाल्नु भयो कि हामी राई होइनौ—कुलुङ, चाम्लिङ, वान्तवा आदि जात हो । त्यसबेला किरातीहरुको इतिहासप्रति म अलिक बेखबर नै थिएँ तर पनि हामी अलग जात हौं भन्ने कुराले कता–कता नराम्ररी चिमोठ्यो र भने त्यसो नहुनु पर्ने हो । चन्द्रसिं कुलुङ ज्यूले अलग जात हुनु पर्ने बारे कुनै तार्किक कुरा मलाई सुनाउनु भएन । उहाँले त्यही जनजाति शसक्तिकरणको पैशाको प्रसंग निकालेर हामी किरात भाषी समुदाय अलग÷अलग जाति हुने हो भने त्यो जेपको पैशा हाम्रो समुदायमा बढी आउँछ । आज किरात राई यायोक्खा र राईहरु धनी छन् भनेर हाम्रो लागि पैशा छुट्याउन परियोजना तयार छैन । तर हामी अलग जाति हुन साथ हामी किरातीहरुको बहुमत आदिवासी जनजाति महासंघमा हुन्छ र हामी हाम्रो अनुकूल निर्णय गर्न सक्छौं, महासंघको नेतृत्वमा नै हाम्रो वर्चश्व रहन्छ । मलाई उहाँको कुरो झनै मन परेन । तर उहाँसँग तर्क गर्ने त्यो बेला मेरो हैसियत पनि थिएन, किनकी अगाडि नै भनी सकेको छु, किरातीहरुको इतिहासप्रति म बेखबर नै थिएँ ।
पछि सबै जिम्मेवारीहरु छोडेर विदेश पुगियो । विदेशमै रहँदा थाहा भो कि आदिवासी जनजातिहरुको सूचिकरण गर्न सरकारले आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा. ओम गुरुङको अध्यक्षतामा एउटा विज्ञ टोली गठन गरेछ । टोली तीन सदसीय थियो, जुन टोलीमा किरात राईहरु कोही पनि थिएनन् । टोलीले कुलुङ लगायत केही किरात राईहरुलाई अगल जातको सूचिमा सुचिकरण गर्न प्रस्ताव गरेको पनि विदेशमै रहँदा थाहा लाग्यो । कुन आधारमा त्यसो गरियो मलाई त्यो खबरले चिमोटी नै ¥ह्यो ।
प्रसंग थकालीहरुको हो । पहिलो पल्ट तात्कालिन श्री ५ को सरकारले आदिवासी जनजातिहरुलाई सूचिकृत गर्दा ६१ जात उल्लेख थियो । जसमा थकालीहरु ५ जातमा विभाजित थिए । त्यसबेला डा. कृष्ण भट्टचनहरुको ठूलो विरोध भयो थकालीहरुबाट, पछि चिम्तन, ठिम्तन आदिलाई एउटै जात ‘तीन गाउँले थकाली’ बनाईयो तर पछिल्लो सूचिकरणले पनि थकालीहरुलाई अझै तीन जातमा विभाजित गरेको छ । थकालीहरुको भाषा एउटै छ, संस्कार उस्तै छ । फरक यति मात्र छ कि, संस्कार (विशेषतः ल्हफेव) मान्ने समय अघिपछि र पूरानो बसोवास क्षेत्र अलग छ । त्यही आधारमा अलग जातमा सूचिकरण हुँदा थकालीहरु आज आफू भित्रै ठूलो–सानोको वैमनश्यता हुर्काउन बाध्य छन् । जनसंख्या र आर्थिक हैसियतको आधारमा थकालीहरु ठूलो, मार्फा थकालीहरु मध्यम र तीनगाउँले थकालीहरुलाई तल्लो तहमा हेरिन्दै आइएको छ । हुन सक्छ तीन जातमा विभाजन हुँदा केही फाइदा भएको होला तर आफू भित्रै सानो–ठूलोको विभेद बोकेर जति सुकै नाफा हात लागे पनि समग्र थकालीको पहिचान स्थापित हुनमा घाटै बेहोरिरहनु परेको छ ।
अब भाषिक रुपमा विभाजित किरात राईहरु बारे चिन्तन गरौं । राईहरुको भाषा दुई दर्जनभन्दा बढी हुनुलाई कसैले समस्याको रुपमा पनि हेर्ने गरेका छन् तर भाषिक रुपमा भएको यो विविधता हाम्रो सौन्दर्य हो । र, यही सौन्दर्यले हामीलाई विशेष जातिको रुपमा चिनाएको छ । किरात राईहरुमा जिवित भाषालाई गहनसँग अध्ययन गर्ने हो भने त्यति धेरै फरक पनि भेटिन्दैन । कुनै पनि भाषासँग कतै न कनै केही न केही मिलेकै भेटिन्छ । यसो भनौं ५० प्रतिशत शब्दहरु साझा भेटिन्छन् (यो मेरो प्रारम्भिक अनुमान मात्र हो) । भाषा बाहेक अर्को फरक देखिने वस्तु भनेको भौगोलिक क्षेत्र हो । कि, चाम्लिङ, वान्तवा, कुलुङ, पुमा, साम्पाङ आदिको पूख्र्यौली थलो अलग–अलग छ । यहाँ पूख्र्यौली थालो अलग हुनाको कारणले नै भाषा अगल भएको हो भन्ने कुरालाई फेरि हामीले विर्सनु हुँदैन । यस बाहेक हामी बीच फरक भन्ने चिज केही छैन । सबैले पुज्ने चुला नै हो, सबैले चलाउने चिण्डो, अदुवा, तिम्पु, भोर्ला, चाबो नै हो । मर्दा–पर्दा को सारथी धामी (नछुङ) नै हुन् । मरेपछि जमिनमा गाडिनु र मरेकाहरुलाई मरणको आधारमा वर्गिकरण गरिने चलन सबैमा छ । उभौली–उधौली र सिली नाच सबैको साझा नै हो । पूख्यौली गरगहना र हात हतियार एकै हुन् । पूर्खाहरुले सिकाएको र गरि आएको संस्कारहरु एकै हुन् र हामी बीचमा ठूलो–सानो कुनै विभेद नहुनु र मर्दा–पर्दा र विवाहवारी आदिमा कुनै बन्धन नहुनले हामी एकै जातका हौं भन्ने कुरो प्रष्ट पार्छ ।
यदि भाषा र भौगोलिक क्षेत्रलाई नै आधार मानेर अलग जात ठान्ने हो भने त चाम्लिङहरुमै दर्जनौ जात बन्न सक्छ । सुनकोशी पारीका (उदयपुरको बलम्ता) चाम्लिङ, हलेसी क्षेत्रका चाम्लिङ, दिक्तेल आसपासका चाम्लिङ, रतन्छा आसपासका चाम्लिङ, होर्लङछा–दुम्छा–चिप्रिङ–वातिखुम तिरका चाम्लिङ र सावाखोला पारी (बाराहा) तिरका चाम्लिङकै भाषामा ठूलो अन्तर भेट्न सकिन्छ भने प्रत्येक पाछाको पूख्र्यौली भूगोल फरक–फरक छ । के त्यसो भए पाछा नै जात हो त ? यो कदापी होइन । भाषा र भौगोलिक क्षेत्र फरक हुन साथ अलग जात हुने जम्मै आधार प्राप्त भयो भनिनु हँचुवाको भरमा मात्र बोलिनु हो । डा. ओम गुरुङहरुले निकालेको सो निश्कर्षलाई साँच्चै सत्य मान्ने हो भने त पूर्व तिरका गुरुङहरु अर्कै जाति हुन् । किनकी, पूर्वका गुरुङहरुले गुरुङ भाषा, गुरुङ संस्कृति जम्मै हराई सकेका छन् तर पनि उनीहरु गुरुङ नै हुन् । कसैले उनीहरुलाई गुरुङ होइनौ भनेका छैनन् । जात छुट्याउने भाषा र भौगोलिक क्षेत्रभन्दा पनि उसको संस्कृति हो, मान्यता, परंपरा र विचार हो । समान संस्कृति, परंपरा, मान्यता, रनसहन, चालचलन र ब्यवहार भएका किरात राईहरु अगल जात हुनै सक्दैनन् । हो यही आधारमा किरात राई यायोक्खाले डा. ओम गुरुङहरुको सूचिकरणलाई विरोध गरेको छ, त्यो सूचिकरणलाई लागू हुन दिएको छैन । यही आधारमा यायोक्खाले हालसम्म खेलेको महत्वपूर्ण भूमिकाहरुलाई आँखा चिम्लेर विरोध गरिनुको कुनै तुक छैन । महाकुलुङमा राई हौं भन्नेहरुलाई प्रधान दुश्मनकै रुपमा हेरिन्छ तर महाकुलुङबाट बाहिर पुगेका धेरै कुलुङहरु हामी एउटै जातिका हौं, राई हौं, हामीलाई केही हजारको जाति बन्नु छैन भनेर भनिरहनु भएको छ । कुलुङ लगायत केही भाषिक राईहरुलाई अलग जातमा सूचिकरण गर्ने षड्यन्त्रको विरुद्घ यायोक्खा भन्दा पनि उहाँहरुनै बढी लागि रहनु भएको छ । आज धार्मिक–सांस्कृतिक रुपमा धेरै किरात राईहरुको रस्ति–वस्तीमा विचलनहरु आएका छन् । एकातिर क्रिश्चियानिटी र अर्कोतिर हेभेन्ली पाथको चपेटाले किरातीहरुलाई थिच्दै लगेको छ भने मद्यपानको संस्कृति मौलाई रहेको छ । तर यी सारा कुराहरुबाट बेखबर बनेर हामी अलग जातको सुगा रटानमा छिनाझपेडी गरिरहेका छौं ।
किरात राई यायोक्खा जम्मै सवालमा सही छ भन्ने पनि मेरो दावी होइन । म चाम्लिङ हुँ तर यायोक्खामा चाम्लिङ र वान्तवाहरुकै वर्चश्व छ, यो वर्चश्वलाई तोडेर सबै राईहरुलाई समेट्न यायोक्खालाई महासङ्घीय ढाँचामा लानु पर्छ भनेर मैले तर्क गरिरहेको छु । यदि यसो गरिएन भने हामी बीचको वैमनश्यता अझै बढ्ने छ र कुनै पनि विन्दुमा पुगेर जातीय विघटन निश्चित छ । सो हुन नदिनको लागि पनि यायोक्खालाई भाषिक संस्थाहरुको महासंघ बनाउनु पर्छ । अर्को कुरो यायोक्खा काठमाण्डौ र पूर्वका केही शहरहरु केन्द्रीत छन् र विशेषतः नेतृत्वमा सधैं आर्थिक हैंसियत उच्च भएकाहरुको मात्र बाहुल्यता छ । यस्तो हुँदा यायोक्खाको गतिविधिसँग किरात राई वस्तीमा सामान्य राई किरातीहरुको चासो कम रहँदै आएको छ । त्यसैले मिल्छ भने यायोक्खाको केन्द्रीय कार्यालय नै र मिल्दैन भने कम्तिमा सम्पर्क कार्यालय किरातभूमि भित्रै राखौं र यायोक्खाको गतिविधिहरुलाई किराती रस्ती–वस्तीमा केन्द्रित गरौं भनेर प्रस्ताव गरिरहेको छु । मेरो उदेश्य फेरि पनि यायोक्खा र हामी राई होइनौ भन्ने केही साथीहरुको विरोध गर्नु होइन । इतिहासको सम्मान गर्दै वर्तमानको अन्तरविरोध हल गरेर किराती एकतामा सहयोग पु¥याउनु नै हो । पहिचान सहितको सङ्घीयताको पक्षमा हामी उभिएका छौं, संविधान बन्ने क्रममा छ, राज्यको पुनः संरचनाको बहसमा हाम्रो मागहरु ओझेलिन्दै गइरहेका छन् । यस्तो बेला आपसमा विवाद गरेर उर्जा र समयलाई फाल्नु हुँदैन । हुनसक्छ मतान्तर केही समयसम्म रहला तर मतान्तरलाई घटाउँदै सहकार्य गर्ने विन्दुमा सबै जना आइपुगौं । यसो भएमा मात्र आगामी दिनमा हुने संघर्षका कार्यक्रमले सार्थकता पाउने छन् र स्वायतता सहितको किरात राज्य प्राप्त हुने छ । जहाँ हामीले सबै जातिको हक अधिकारलाई सुरक्षित राख्दै हाम्रा दुई दर्जन बढी भाषाहरुको विकास गर्न सक्ने छौं र हाम्रो संस्कृतिलाई नेपाली संस्कृतिको मूलधारमा समाहित गर्न सक्ने छौं ।

Tuesday, September 16, 2014

प्रधानमन्त्रीको प्रेश विज्ञाप्ती




बग्यो इटेनी
र, पुरियो जुरीसँगै सुनकोशी/बन्यो ताल
खबर पाए लगत्तै
उपलब्ध मन्त्रीहरुलाई डाकेर/बैठक राखी
आवश्यक निर्णयहरु गर्दै
यो विज्ञाप्ती जारी गर्दैछु
म प्रधानमन्त्री शुशिल कोइराला ।

खटाएको छु सेना, प्रहरी र उद्दारकर्ता
र, हेलीकोप्टरमा विज्ञ टोली
यता भ्याई न भ्याई छ मलाई
आउँदैछन् सत्र वर्षपछि
भारतीय प्रधानमन्त्री दशगजा छिचोलेर भोली आईतबार
आज सनीबार भै हाल्यो,
सडक पखाले पनि पशुपति सिंगार्नै बाँकी छ
चोक–चोकमा ध्वजा–पतका राखेर
मोदीको तस्विर अंकित ठूल–ठूला ब्यानर टाँग्नै छ
साथीहरु भन्दैछन् छैसठ्ठी लाख खर्च भइसक्यो
फेरि सुरक्षाको चुनौती पनि छ
उतैबाट बुलेटप्रुफ गाडि र केही विशेषज्ञ सैनिक जवानहरु आए पनि
सडक र आकाश त हाम्रै हो
देशी–विदेशी आतंककारीले आक्रमण गर्लान् भन्ने डर
त्यसैले यो विपदको घडिमा
हामी कोही पनि आउन सकेनौ ।

अँ साँच्ची
पहिरोमा परी मृत्यू हुने परिवारलाई
तत्कालै चालिस हजार राहत दिने निर्णय गरेका छौं
घटना स्थलदेखि नेपालको सीमासम्मै
सर्तक रहन र प्रभावित हुन सक्ने ठाउँहरु छोड्न
खबर गरिसकेका छौं सञ्चार माध्यममा
कोशी ब्यारेजको बाउन्न वटै ढोका खोल्न
भारत सरकारलाई अनुरोध गरेकोमा
हाम्रो अनुरोधलाई स्वीकार गर्दै भारत सरकारले
कोशी ब्यारेजको सम्पूर्ण ढोका खुल्ला गरिसकेको छ
आत्तिनु पर्दै न,
केही परि हाल्यो भने
छिमेकी भारत र चीनसँग
सहयोग माग्ने विषयमा सहमति जुटेको छ
यता म पनि भरखरै अमेरिकामा, राज्य कोषबाटै
दश करोड खर्च गरेर क्यान्सरको उपचार गरी फर्किएको
सबैलाई थाहा भएकै कुरो हो
सहयात्री दलको अध्यक्ष/संसदीय दलको नेता पनि
सिंगापुरमा राज्य कोषबाटै पाँच करोड खर्च गरेर
भरखरै स्वदेश फर्किएको मान्छे
यो बेला हामीले बढी धपेडी गर्नु पनि त भएन
त्यसैले हामी आएनौ घटना स्थलमा
क्षमा माग्दैछु पिडित जनताहरुसँग

पहिरोमा परि घाईते भएकाहरुलाई उद्दार गरी
हेलिकोप्टर चढाएर राजधानी ल्याईएको छ
घाइतेहरुको निःशुल्क उपचार चलिरहेको छ यतिबेला
घटना स्थलमा भेटिएका लासहरुको पहिचान गरी
सद्गत् गर्न आफन्तहरुलाई जिम्मा लाउँदै गरेको खबर
त्यस जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पाएको छु
पहिरो अझै रोकिएको छैन भन्ने खबर
एफ.एम. र टिभी च्यानलहरुले प्रशारण गरिरहेका छन्
पहिरो नरोकिएकै हो भने
विज्ञहरुसँग सल्लाह गरेर
तत्कालै कुनै अभियान थालौंला
बरु यता
धेरै प्रयास गर्दा पनि
भारतसँग गर्ने उर्जा ब्यापार सम्झौतामा सहमति जुट्न सकेन
सायद सम्झौतामा हस्तारक्षर नहुन सक्छ
तर केही छैन,
हामीले मोदीको अगाडि राख्ने धेरै मागहरु छन्
राष्ट्रिको हितमा यो भ्रमणलाई सफल पारेरै छोड्ने छौं
१७ वर्ष पछाडि छिमेकी देशको प्रधानमन्त्री
नरेन्द्र मोदीको हुन लागेको यो गौरवशाली भ्रमणको काम थाँती राखेर
घटना स्थल जान सकेनौ
फेरि पनि क्षमा चाहान्छु ।

भरखरै पाएको खबर अनुसार
सेनाको हेलीकोप्टरले आकाशबाट
दुई पटक बिष्फोट गराएपछि
एकाछेउबाट पानी बग्न थाले छ
त्यसैले पुरिएको ठाउँभन्दा माथि
कनै खतरा छैन अब
जमेको पानी एकै पटक ह्वात्त नखोलिएर
विस्तारै बिस्तारै बग्यो भने
तलतिरको खतरा पनि टर्ने भनेर विज्ञहरुले भनिरहेका छन्
यता मोदीले विषेश पूजा गर्दैछन् पशुपतिमा
र, चढाउँदैछन् तीन करोड बराबरको चन्दन
सायद पूजाको क्रममा
स्वयं मोदीले पनि यो विपत्तीमा तपाइँहरुको लागि
धैर्य धारण गर्ने शक्ति माग्लान् पशुपतिनाथसँग
र, बोल्लान् केही शोक शब्द संसद्लाई संबोधन गर्दा

एउटा खुसीको कुरो पनि छ
मोदीले आफ्नो धर्म पुत्र जीतवहादुरलाई
आफ्नै बाबु–आमाको जिम्मा लगाउँदैछन्
सानैमा हराएको आफ्नो छोरो भेटेर
कति खुसी हुन्छन् होला है आमा–बाबुहरु
अरु विषेश केही छैन
मोदी आउने जाने बाटोमा
दुइदिनको लागि सर्वसाधरणहरुको
सवारी प्रवेश निषेध गरेका छौं
सार्वजनीक विदा भने हल्ला मात्रै हो
बरु,
सवारीको बेला दिइने सुरक्षा र पशुपतिमा गरिने स्वागतको अभ्यास
गराई सकेका छौं आज नै
त्यसैले मेरो समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको
भ्रमण सफल हुनेमा म ढुक्क छु
अँ त्यतातिर केही परिहाल्यो भने
उसलाई ऊ...गर्नु भनेर मैले भनिसकेको छु
यो शोकको घडीमा
ज्यान गुमाउनेहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै
शोक सन्तप्त परिवार जनमा धैर्य धारण गर्ने शक्ति
श्री पशुपति नाथले दिऊन् भन्ने कामना गर्दै
यो प्रेश विज्ञाप्ती यहि अन्त्य गर्दछु
नेपाल सरकारको बहालवाल प्रधानमन्त्री
म शुशिल काईराला
2070 श्रावण 17 गते शनिबार
बेलुकी 6:30 बजे
सिंहदरबार, काठमाण्डौ नेपाल
धन्यवाद ।

Monday, September 15, 2014

ओ तुवाचुङ जायाजुम


चोमोलुङमाको शिरमा
सेताम्य पोखिएको हिउँ हेरेर
हरपल मुसुक्क मुस्कुराई रहने
ओ तुवाचुङ जायाजुम
म तिम्रो मुस्कानमा
पर्दा हाल्न उभिएको छु
तिम्रो सामुन्ने यतिबेला ।

हेर एक पटक
मेरो धसिङ्ग्रे अनुहार
जहाँ सभ्यताले ठगेका अनगिन्ती कथाहरु
खोविल्टै खोविल्टा बनेर
मसँग निसाफ मागिरहेछन्
खोजिरहेछन् मसँग.
एक ढिम्कनो मुनी
युग छिपाएर चुपचाप बसेको
हलेसीको यथार्थता ।

ओ तुवाचुङ जायाजुम
तिमीले तिम्रै छातिमा टेकेर
हुर्कायौ तोयामा र खियामालाई
सायद हेछाकुप्पाको सम्झनामा
दिदी बहिनीले खसालेका आँशु
तनतनी पिएर तिमीले
सिकायौ सभ्यता उनीहरुलाई
र,
आँगनभरि सिस्नो र कपास उमारेर
सिकायौ सीप
तर बाग्बंशी राईहरुले भेटेर
दुनियाँलाई चिनाएको हलेसीसँग
किन तिम्रो सम्बन्ध रहेन ?
म यही कुरा सोध्न
तोयामा खियामाको पाईतालाको डोबमा टेकेर
उभिएको छु तिम्रो सामुन्ने ।

ओ तुवाचुङ जायाजुम
म मान्न तयार छैन
हलेसीसँग जोडिएको
कथित महादेवको कथाहरु
र, पूर्वको पशुपतिनाथका उपमाहरुलाई
सायद होलान्
गुरु रिम्पोछेको तपस्याका गाथाहरु
तर सभ्यताको आदिभूिम
तुवाचुङ जायाजुमको फेदिमा रहेको हलेसीमा
आदि मानवहरु कै संस्कार र संस्कृतिको
अलिकति पनि गन्ध नआउँदा
म बहुलाएको छु यतिबेला
हुन सक्छ तिम्रो बक फुट्दैन
तर तिम्रै छातिमा टेकेर
म खोज्दैछु सत्य इतिहास हलेसीको
कथित शिव र पार्वतीको थानहरुमा
तोयामा, खियामा र हेछाकुप्पाहरुको
पद चिन्ह छ कि भनेर
उधिनी रहेको छु माटोहरुलाई
धर्मद्वार-पापद्वारमा
मोछामाको छविचित्र उतारेर
इतिहासलाई दाँजी रहेछु
कथित त्यो बसाह थानबाट
फालिएको हुनसक्छ दुई चुल्हाहरु

हेछाकुप्पाका सन्ततिहरुले जुराएको नाममा
अनेक फूँदा जोडेर
अनेक अक्षरहरु बङ्ग्याएर
अनेक वर्णहरु झिकेर
हलेसी बनाएका हुन सक्छन् नव आगन्तुकहरुले
त्यसैले ओ तुवाचुङ जायाजुम
म तिम्रो सामुन्ने उभिएको छु
सत्य इतिहास पाउने अभिलासाले
अब तिमीले बोल्नै पर्छ
सत्य कुरा खोल्नै पर्छ
नव आगन्तुकहरुको आगमनपूर्व
हलेसी कुन रुपमा थियो ?
तिमीले अब भन्नै पर्छ
ओ तुवाचुङ जायाजुम ।

शब्दार्थ
तुवाचुङ जायाजुम-     खोटाङ जिल्लाको हलेसी गाविस र अर्खौंले गाविसको सिमानामा रहेको डाँडो । जसलाई माला थुम्का पनि   भनिन्छ । किरात राईहरुको आदि पूर्खा सुम्निमा पारुहाङको पनाति, हँछाको नाती पातेसुङ र दिलिमदुङ (डाकुहँमा) मा छोरा, हेछाकुप्पा (खोचिलिप्पा) को दिदीहरु तायामा खियामाले कपासबाट तान बुनेर आधुनिक उधोगको विकास गरेको ठाउँ । जहाँ तान आकारको ढुङ्गाहरु देख्न सकिन्छ । किरात चाम्लिङ राईहरुको भाषामा तुवाचुङ जायाजुम भन्नाले तान ढुङ्गा भन्ने बुझिन्छ ।
चोमोलुङमाः किरात चाम्लिङ राई भाषामा सगरमाथा
बागवंशी राई ः खोटाङको हलेसी गुफा पत्ता लगाउने ब्यक्ति
मोछामा ः किरात चाम्लिङ राईहरुको कूल देवता रहने स्थान