पुडुराया बसपार्कमा ओर्लिएर
मे बैंकको भिमकाय भवनलाई नियाल्दै...
कोतरायको आँगनबाट
अलिकति भित्र पसेपछि
देखापर्छ एउटा साँघुरो गल्ली
मिनी नेपाल अर्थात जालान सिलाङ ।
भुँडी भ्यात्त निस्किए पनि
गाला पुक्क फुलिए पनि
मुटुमा विषादको गहिरो घाउ बोकेर
हरेक आइतबार र पब्लिक होलिडेमा
देश र आफन्तको झल्को मेट्न
आउँछन् अरपेहरु
सधैं–सधैं जालान सिलाङमा ।
जालान सिलाङ,
जहाँ छिर्ने बित्तिकै
नेपाली संगीतको परिचित धुनले
ग्वाम्लाङ्ग अङ्गालो हाल्छ अरपेहरुलाई
यता ठोक्किए पनि नेपाली
उता ठोक्किए पनि नेपाली
ठोक्किन्दै ठोक्किन्दै आफैसँग
नेपाल छामी रहन्छन् अरपेहरु
पटक—पटक जालान सिलाङमा ।
साहित्यिक ब्यक्तित्व,
साहित्यिक अभियन्ता—
विश्वासदीप तिगेलाले भने झैं
नेपालमा एकमाना गुन्द्रुक बेच्न नजान्नेहरु
खोलेर भब्य होटल
थापेर बहुमूल्य सामानको पसल
सेवा दिइरहेकाछन्
र,
मेवा लिइरहेकाछन्
नेपाली व्यवसायीहरु जालान सिलाङमा ।
मनकामना मिनी मार्केट
लाङ्घाली किनमेल सेन्टर,
विजयहिल एक्सपोर्ट इम्पोर्ट,
हाइ माउण्टेन भ्यू टुर्स एण्ड ट्राभल्स,
धौलागिरी फेन्सी पसल,
नेपाल हाउस, न्यू सगरमाथा
द खुकुरी, द गोर्खाज
न्यू देउराली, हिमालयन
लोजिना, उग्रतारा
परदेशी, काठमाण्डौ
सोल्टी, इन्द्रेणी, साइनो
र, अरु थुप्रै नाम भएका
पसल र रेष्टुरेन्टहरु
खोलिएकाछन् जलान सिलाङमा ।
नेपाली चाउचाउ, नेपाली चुरोट
नेपाली खैनी, नेपाली पराग
नेपाली ढाकाटोपी, खासाको गञ्जी
साँधेको गुन्द्रुक र टिमुरको अचार
किनीमाको झोल र मोहिनी मःम
कोदोको जाँड र तोंङ्वा
अनि,
नेपाली किताब र गीत–फिल्मका सिडी/डिभिडी
जम्मै पाईन्छन् जालान सिलाङमा ।
आफन्त भेट्न/चिन्न
पार्सल बुझ्न/बुझाउन
संस्था खोल्न/बैठक बस्न
कविता सुन्न/सुनाउन
रेमिट्यान्स हाल्न/टो टो काट्न
यताबाट उता जाँदा/उताबाट यता आउँदा
र,
नेपाली पसलहरुको आडैमा उभिएका
आधुनिक क्लियोपेट्राको निख्रिदो जवानीसँग
केवल आधा घण्टा खेलेर
मर्दपन बचाईरहन
अरपेहरु,
सधैं आउँछन् जालान सिलाङमा ।
बेखबर–बेखबर,
चुपचाप–चुपचाप
लाखौं अरपेहरुले टेक्दा–टेक्दा
बेस्मारी दुखेपछि
पल्टाएर नेपाली पत्रिका
हेर्दै गोठालेको कार्टुन चित्र
हाँसी रहन्छ निक्कै बेर
हा...हा...हा...हा
जालान सिलाङ
अर्थात
मिनी नेपाल ।
गाला पुक्क फुलिए पनि
मुटुमा विषादको गहिरो घाउ बोकेर
हरेक आइतबार र पब्लिक होलिडेमा
देश र आफन्तको झल्को मेट्न
आउँछन् अरपेहरु
सधैं–सधैं जालान सिलाङमा ।
जालान सिलाङ,
जहाँ छिर्ने बित्तिकै
नेपाली संगीतको परिचित धुनले
ग्वाम्लाङ्ग अङ्गालो हाल्छ अरपेहरुलाई
यता ठोक्किए पनि नेपाली
उता ठोक्किए पनि नेपाली
ठोक्किन्दै ठोक्किन्दै आफैसँग
नेपाल छामी रहन्छन् अरपेहरु
पटक—पटक जालान सिलाङमा ।
साहित्यिक ब्यक्तित्व,
साहित्यिक अभियन्ता—
विश्वासदीप तिगेलाले भने झैं
नेपालमा एकमाना गुन्द्रुक बेच्न नजान्नेहरु
खोलेर भब्य होटल
थापेर बहुमूल्य सामानको पसल
सेवा दिइरहेकाछन्
र,
मेवा लिइरहेकाछन्
नेपाली व्यवसायीहरु जालान सिलाङमा ।
मनकामना मिनी मार्केट
लाङ्घाली किनमेल सेन्टर,
विजयहिल एक्सपोर्ट इम्पोर्ट,
हाइ माउण्टेन भ्यू टुर्स एण्ड ट्राभल्स,
धौलागिरी फेन्सी पसल,
नेपाल हाउस, न्यू सगरमाथा
द खुकुरी, द गोर्खाज
न्यू देउराली, हिमालयन
लोजिना, उग्रतारा
परदेशी, काठमाण्डौ
सोल्टी, इन्द्रेणी, साइनो
र, अरु थुप्रै नाम भएका
पसल र रेष्टुरेन्टहरु
खोलिएकाछन् जलान सिलाङमा ।
नेपाली चाउचाउ, नेपाली चुरोट
नेपाली खैनी, नेपाली पराग
नेपाली ढाकाटोपी, खासाको गञ्जी
साँधेको गुन्द्रुक र टिमुरको अचार
किनीमाको झोल र मोहिनी मःम
कोदोको जाँड र तोंङ्वा
अनि,
नेपाली किताब र गीत–फिल्मका सिडी/डिभिडी
जम्मै पाईन्छन् जालान सिलाङमा ।
आफन्त भेट्न/चिन्न
पार्सल बुझ्न/बुझाउन
संस्था खोल्न/बैठक बस्न
कविता सुन्न/सुनाउन
रेमिट्यान्स हाल्न/टो टो काट्न
यताबाट उता जाँदा/उताबाट यता आउँदा
र,
नेपाली पसलहरुको आडैमा उभिएका
आधुनिक क्लियोपेट्राको निख्रिदो जवानीसँग
केवल आधा घण्टा खेलेर
मर्दपन बचाईरहन
अरपेहरु,
सधैं आउँछन् जालान सिलाङमा ।
बेखबर–बेखबर,
चुपचाप–चुपचाप
लाखौं अरपेहरुले टेक्दा–टेक्दा
बेस्मारी दुखेपछि
पल्टाएर नेपाली पत्रिका
हेर्दै गोठालेको कार्टुन चित्र
हाँसी रहन्छ निक्कै बेर
हा...हा...हा...हा
जालान सिलाङ
अर्थात
मिनी नेपाल ।