नारथुङेका सिर्जनाहरु
यस ब्लगमा मेरो आफ्नै सिर्जनाहरु संग्रहित छ ।
Friday, August 8, 2014
मुक्तक
जिन्दगी
कसैलाई बोझै बोझ छ जिन्दगी
कसैलाई मोजै मोज छ जिन्दगी
नचिन्नेलाई जलकुम्भी झार जस्तै
चिन्नेलाई त सरोज छ जिन्दगी
मुक्तक
सपना
हुँदा खानेहरुको हुने खाने बन्ने सपना
हुने खानेहरुको पैशै पैशा गन्ने सपना
यो नारथुङेको मन भित्र त फगत यही छ
आफैले आफैलाई एउटा कवि भन्ने सपना ।
मुक्तक
पार्टी भित्र
गुण्डा पनि पार्टी भित्रै छन्
मुखुण्डा पनि पार्टी भित्रै छन्
बहादुर सुम्भ÷निशुम्भ मार्ने
चामुण्डा पनि पार्टी भित्रै छन् ।
मुक्तक
नेता र गुण्डा
सडकमा टायर बाल्नै पर्यो
बिपक्षीलाई पनि ढाल्नै पर्यो
महान नेता बन्नको लागि
दुई–चार गुण्डा त पाल्नै पर्यो ।
मुक्तक
परदेश
कसैको घरबार बिगार्यो परदेशले
कसैको संसार बिगार्यो परदेशले
अनिदो बसेरलेख्नै पर्ने÷पढ्नै पर्ने
लौन मलाई बारम्बार बिगार्यो परदेशले ।
मुक्तक
दुनियाँ र नारी
परस्त्रीको साथमा जो दिनभर रमाउँछ
साँझमा उसैले स्वास्नीको चुल्ठो समाउँछ
पुरुषको बारेमा चुँ नबोल्ने यो दुनियाँ
हरेक नारीलाई बेस्याको उपमा थमाउँछ ।
मुक्तक
प्रेम
कसैलाई प्रेमले कहानी बनायो
कसैलाई फेरि खरानी बनायो
खै कस्तो हो यो प्रेम भन्ने बस्तु ?
मलाई त चालिसेमा नि जवानी बनायो
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)